images
images
  • प्रभु बैंकका कर्पोरेट विभाग प्रमुख डंगोल परे पक्राउ, के हो आरोप ?

    काठमाडौं- प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डंगोल पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा संकलित तथ्य प्रमाण तथा विज्ञ टोलीको विश्लेषणपछि उनलाई पक्राउ गरिएको हो ।

    उनीमाथि नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुनविपरीत कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप छ ।

    ललितपुर महानगरपालिका-२७ का स्थायी बासिन्दा ५० वर्षीय डंगोललाई उच्च अदालत पाटनको अनुमति लिएर काठमाडौंको थापाथलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images