images
images
  • बजेट पारित हुन नसकेपछि लुम्बिनीमा मध्यरातमा संसद् अधिवेशन अन्त्य

    काठमाडौँ । आर्थिक वर्ष २०७८/ ७९ को बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन बिहीबार मध्यरातमा अन्त्य गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन्।

    संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने गृहकार्य थालेको छ। असारमै बजेट पारित गर्न सरकार असफल भएकाले बजेट अस्वीकृत भएको विपक्षी दलका नेताहरु बताउँछन्।

    सत्तारूढ एमाले समर्थित नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं १९२० बाट निर्वाचित सांसद अजय शाह सम्पर्कविहीन भएपछि सरकारको बजेट पारित नहुने अवस्था उत्पन्न भएको थियो। एक जना मन्त्रीसमेतले विपक्षमा मत दिने चर्चा थियो। सरकार अल्पमतमा परेको भन्दै विपक्षीले बहुमत सिद्व गर्न भनेका थिए।

    तर, मुख्यमन्त्री शंकर पोखरेल आफैंले पटकपटक छलफलबाट बजेट पारित गर्न आग्रह गरेका थिए। विपक्षीले मतदानबाट टुंग्याउन प्रस्ताव गर्नासाथ मुख्यमन्त्रीसहित सत्तारूढ दलका सांसद बाहिरिएका थिए।

    chtii

    प्रतिक्रिया दिनुहोस्
    images
    images