काठमाडौं– सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै आफ्ना टीभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अभियान सार्वजनिक गरेको छ ।
२० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले सामसङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन र एसी खरिद गर्दा क्यासब्याक, पक्का उपहार तथा लक्की ड्रमार्फत विभिन्न उपहार जित्ने अवसर पाउनेछन् ।
अभियानअन्तर्गत सामसङका सम्बन्धित उत्पादन खरिद गर्ने ग्राहकले आफ्नो खरिद दर्ता गरी दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । दैनिक लक्की ड्रमा ३१ जना विजेता छनोट गरिनेछ ।
टीभी खरिद गर्ने दैनिक विजेताले सामसङको ९ केजी फ्रन्टलोड वासिङ मेसिन पाउनेछन् भने वासिङ मेसिन, रेफ्रिजेरेटर वा एसी खरिद गर्ने विजेताले ५५ इन्च यूएचडी टीभी जित्ने अवसर पाउनेछन् । यस्तै, साप्ताहिक लक्की ड्रमा ८ जना विजेता छनोट हुनेछन् र उनीहरूले १ टनको सामसङ एसी जित्न सक्नेछन् ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले अभियान अवधिमा सामसङको टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्नुपर्नेछ । त्यसपछि सामानको पछाडि रहेको स्टिकरमा उल्लेखित १४ अंकको सिरियल नम्बर प्रयोग गरी ‘सामसङ’ स्पेस १४ अंकको सिरियल नम्बर लेखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ । एसएमएस पठाएपछि ग्राहकले तुरुन्तै पुष्टि सन्देश प्राप्त गर्नेछन् ।
लक्की ड्रका विजेताको घोषणा प्रत्येक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिनेछ । विजेताको सूची स्मार्ट प्लाजा र बिग डिजिटलको फेसबुक पेजमा समेत सार्वजनिक गरिने सामसङ नेपालले जनाएको छ ।
लक्की ड्रसँगै ग्राहकले विभिन्न उत्पादनमा थप क्यासब्याक तथा पक्का उपहारसमेत प्राप्त गर्न सक्नेछन् । टीभीमा २६ प्रतिशतसम्म क्यासब्याकसँगै नि:शुल्क साउन्डबार र छनोट गरिएका मोडलमा १२ महिनासम्म नि:शुल्क नेटटीभी प्याकेज उपलब्ध हुनेछ ।
त्यस्तै, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र पाँच हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक र तीन हजार रुपैयाँसम्म एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ । छनोट गरिएका वासिङ मेसिन मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्टसमेत नि:शुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।
ग्राहकले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्समार्फत १२ महिना वा २४ महिनाको ईएमआई योजनामा समेत उपकरण खरिद गर्न सक्नेछन् ।
नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकले आर्कोस्टोरमार्फत वा नेपालभर रहेका अधिकृत सामसङ रिटेल स्टोरबाट पुराना उपकरण एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीका अनुसार अभियानअन्तर्गतका अफर सीमित अवधिका लागि मात्र लागू हुनेछन् र सर्त तथा नियमहरू लागू हुनेछन् ।


विश्व खबर 















