images
images
  • नेपाली बैंकिङ क्षेत्रमा डिजिटल क्रान्ति, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ९० लाख बढी

    काठमाडौं- नेपालमा डिजिटल बैंकिङको आकर्षण उत्साहजनक देखिएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ पुसको मासिक प्रतिवेदनअनुसार डिजिटल बैंकिङप्रति उत्साहजनक आकर्षण देखिएको हो ।

    पछिल्लो समय मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड सेवा प्रयोग गर्ने ग्राहकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ९० लाख २ हजार ९८४ पुगेको छ ।

    मोबाइल बैंकिङ प्रयोग कर्तामध्ये वाणिज्य बैंकका मात्रै २ करोड ४८ लाख ५३ हजार ३०, विकास बैंकहरूमा ३८ लाख ३० हजार ६०९ र वित्त कम्पनीहरूमा ३ लाख १९ हजार ३४५ ग्राहक रहेका छन् ।

    कोभिड–१९ को कारण लागू गरिएको लकडाउनका कारण मानिसहरू घरमै बस्नुपर्ने भएपछि डिजिटल कारोबारमा ह्वात्तै वृद्धि भएकोले आर्थिक वर्ष २०७६/७७ नेपालमा मोबाइल बैंकिङका लागि एउटा विशेष समय मान्छि ।

    उक्त आवको सुरुवाततिर मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या करिब १ करोड १० लाख हाराहारी थिए ।

    डिजिटल भुक्तानीको अर्को माध्यम डेबिट कार्ड (एटिएम) प्रयोगकर्ताको संख्या पनि १ करोड ३९ लाख ९७ हजार ५४९ पुगेको छ ।

    यसैगरी, क्रेडिट कार्ड प्रयोग गर्नेहरूको संख्या ३ लाख २६ हजार ४५७ रहेको छ, भने प्रिपेड कार्ड प्रयोगकर्ता २ लाख ७१ हजार ६६८ पुगेको छ ।

    इन्टरनेट बैंकिङतर्फ भने ग्राहकको संख्या २३ लाख २८ हजार ३४३ रहेको छ । हाल देशभर ५ हजार २७७ वटा एटिएम सञ्चालनमा छन्, जसले ग्राहकलाई भौतिक रूपमा बैंकसम्म नपुगी नगद कारोबार गर्न सहज बनाएको छ ।

    वाणिज्य बैंकहरूले मात्रै ४ हजार ८९९ वटा एटिएम सञ्चालन गरिरहेका छन् ।

    बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप खाताको संख्या ६ करोड १७ लाख ७९ हजार ८७२ पुगेको छ । वाणिज्य बैंकहरूमा मात्र ५ करोड ३० लाखभन्दा बढी निक्षेप खाता सञ्चालनमा छन् ।

    यसैगरी, चालु आर्थिक वर्षको कर्जा खाताको संख्या २० लाख २४ हजार २८० पुगेको छ । देशभर बैंक तथा वित्तिय संस्थाहरूका ६ हजार ५११ शाखा सञ्चालनमा छन्, जसमा वाणिज्य बैंकहरूको संख्या सबैभन्दा बढी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images