images
images
  • होटल फरेस्ट इनको आइपिओ खुल्यो, माघ २६ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं- होटल फरेस्ट इन लिमिटेडले आज (बिहीबार) देखि आइपिओ बिक्री गर्ने भएको छ।

    कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

    कम्पनीले जारी पुँजी २ अर्ब रूपैयाँको २० प्रतिशत अर्थात ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

    जसमध्ये ४ लाख कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि, २ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि र ८० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

    अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बाँकी रहेको ३३ करोड ३० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ३३ लाख २० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

    उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

    कमपनीको आइपिओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन ८ गतेसम्म लम्बिनेछ।

    कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

    लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images