images
images
  • जनादेश मेरो पक्षमा छ, परमादेश देउवाको पक्षमा भयो : प्रम ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भएको बताएका छन् । ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै अदालतको परमादेश भने शेरबहादुर देउवाको पक्षमा आएको बताए ।

    देशबासीका नाममा सम्बोधन गर्दै ओलीले सरकार छाड्नुपर्दा कुनै पनि चिन्ता नरहेको भन्दै आफूले जनतामाथि विश्वास गर्ने बताए ।

    विगतमा पनि जनताकै पक्षमा रहेको र भोलिका दिनमा पनि जनताकै पक्षमा आफू रहने भन्दै उनले सदैव जनताको हितका लागि काम गरिरहने बताए ।

    कोरोनाको महामारीबाट जोगाउनका लागि जनतालाई कोरोनाविरुद्धको खोपको प्रवन्ध गरिएको बताउँदै सबै जनताको जिउधनका लागि सरकार गम्भीर रुपमा लागिपरेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images