images
images
  • अदालतका रेफ्रीमा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने जोखिम निम्त्याउँछ: प्रम ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यधिक न्यायिक सक्रियताबाट कुनै गन्तव्यमा पुग्न नसकिने बताएका छन् । सर्वोच्च अदालतले रिट निवेदकले माग गरेको भन्दा पनि धेरै फैसला सुनाउने गरेको उल्लेख गर्दै उनले अदालतमा खराब रेफ्री हुँदा समस्या भएको बताए ।

    मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो । तर रेफ्री स्वयंमा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ । अझ सन्दर्भमै नउठेका वा बादी पक्षले मागदाबी नै नगरेका विषयमा समेत फैसला दिँदा जटिलता मात्रै बढाउँछ । ’

    अहिले अदालतले संवैधानिक नैतिकताको विषय समेत उठाएको उल्लेख गर्दै आफ्ना लागि लोकतन्त्र जीवन भएको उल्लेख गरे । उनले आफ्नो चिन्ता राज्यका अङ्कहरूको निष्पक्षता, पवित्रता र स्वच्छतामाथि भएको बताए ।
    सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images