
काठमाडौं । पुस १७ गतेदेखि सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय मुद्दामा छलफल भइरहेको राष्ट्रिय सभाको सातौं अधिवेशन १० दिनमै अन्त्य गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् ।
अधिवेशन सुरु भएको दस दिनमा जम्मा चारवटा बैठक बसेपछि अधिवेशन अत्य गरिएको हो ।
सोमबार संघीय संसदको महासहचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गरेर राष्ट्रिय सभाको अन्त्य भएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३को उपधारा ९२० बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को २०७८र०३र२८को सिफारिसमा राष्ट्रियसभाको चालू अधिवेशन २०८७ साल असार २८ गते सोमबार दिन १२ बजे देखि अन्त्य भएकाले मिति २०७८ असार २९ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक समेत स्वतस् अन्त्य भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ३ को उपनियम ९२० बमोजिम प्रतिबन्धात्मक वाक्यांश बमोजिम यो सूचना प्रकाशित गरिएको छ।’
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया दिनुहोस्