images
images
  • एसबीआई बैंक लुटपाट : ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

    काठमाडौं– नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन ।

    उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘४ जना पक्राउ परेका छन, थप जानकारी प्राप्त भएको छैन’, एसपी लालध्वज सुवेदीले भने ।

    मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख(२ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँचर छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए ।

    लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ । स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images