काठमाडौं– प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकै समयमा उनले राजीनामा दिएका हुन् ।
कम्पनी सचिव अमित भण्डारीका अनुसार सञ्चालक श्रेष्ठ सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए । उनले दिएको राजीनामा बुधवार बसेको सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ ।
सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























