images
images
  • स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं– १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णय अनुसार ती स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर भएको हो ।

    यसरी सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका, लेटाङ नगरपालिका रहेका छन् ।

    उपसचिवकै दरबन्दी रहेको भीमेश्वर नगरपालिका मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा जिल्ला समन्वय अधिकृतको समेत सरुवा गरिएको छ ।

    त्यस्तै, अधिकृतको दरबन्दी भएका स्थानीय तहमध्ये सुनसरीको गढी गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, सुनसरीको दवानगञ्ज गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, नुवाकोटकै मेधाङ गाउँपालिका, रहेका छन् ।

    त्यस्तै, सर्लाहीको विष्णु गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका, रुपन्देहीको सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत सरुवा गरिएको छ ।

    त्यस्तै, जिल्ला समन्वय समिति सिरहा तथा जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतको समेत सरुवा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images