images
images
  • सुनको भाउ ह्वात्तै घट्यो (मूल्यसहित)

    काठमाडौं– बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो ।

    अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो ।

    दुई दिनमा सुनको भाउ २५ सय घटेको छ ।

    त्यस्तै रेकर्ड मूल्यबाट सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ घटिसकेको छ ।

    असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

    चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ ।

    चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ ।

    असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images