images
images
  • सुनको भाउ घट्यो, चाँदीको बढ्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेको छ भने चाँदी ४० रुपैयाँ बढेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार सुनको मूल्य २ लाख ९१ हजार ९ सय रुपैयाँ थियो ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ३० रुपैयाँ पुगेको छ ।

    आइतबार चाँदी ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images