images
images
  • एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर, १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    आ.व. २०८२÷८३ को लागि श्री जि.पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images