images
images
  • संसद्का ६ अधिकारी विदेश गएपछि सरकारलाई गराइयो जानकारी

    काठमाडौं– संघीय संसद् सचिवालयका ६ अधिकारी दुई टोली बनाएर विदेश भ्रमणमा गएको विषय अर्थ मन्त्रालयले जानकारीमा लिएको जनाएको छ ।

    गत असोज ३० गते राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल जेनेभामा भएको अन्तरव्यवस्थापिका संघ (IPU) को १५१औं सम्मेलनमा सहभागी हुन गएका थिए ।

    उनको टोलीमा सांसद गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) थिए ।

    त्यसै कार्यक्रममा सहभागी हुन महासचिव पद्मप्रसाद पाण्डेको नेतृत्वमा सचिव डा. रोजनाथ पाण्डे र सहसचिव बबिता मिश्रसहित अर्को टोली पनि बनेको थियो ।

    अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णय र मन्त्रालयको परिपत्र पालना नभएकाले यसबारे तत्काल कुनै कारबाही हुने छैन, तर लेखा परीक्षणमा खर्चको विवरण बेरुजुका रूपमा आउन सक्छ ।

    सरकारले गत असोज ५ गते अनावश्यक विदेश भ्रमण रोक्ने र टोलीको अधिकतम संख्या तोक्ने निर्णय गरेको थियो ।

    त्यसअनुसार नेपाल सरकारको स्रोतबाट हुने भ्रमणमा बढीमा तीन जना मात्र सहभागी हुन सक्ने व्यवस्था छ ।

    सो सीमा नाघ्न नपरोस् भनेर संसद् सचिवालयले दुई छुट्टै टोली बनाएर पठाएको हो ।

    अर्थ मन्त्रालयले हालै सबै सरकारी कार्यालयहरूलाई खर्च कटौती र मितव्ययिता सम्बन्धी निर्णयको कार्यान्वयन विवरण पेस गर्न सर्कुलर पठाएको छ ।

    प्राप्त विवरणका आधारमा मन्त्रालयले आवश्यक नीति तय गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images