images
images
  • पूर्वमन्त्री गणेश साहले छाडे माओवादी

    काठमाडौं– माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् ।

    हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको बताए ।

    योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’

    साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए ।

    पूर्व विज्ञानमन्त्री समेत रहेका उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए ।

    अब कुनै पनि पार्टीमा नलाग्ने उनले पटक–पटक दोहोर्‍याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images