images
images
  • नयाँ स्पोर्ट्स फिल्म ‘टुस्ये’: फेन्सिङ, चेस र योगको सम्मिश्रण

    काठमाडौं- बेलायती चलचित्र निर्मात्री परविन्दर सेरगिल एक्सन फिल्म मन पराएर हुर्किएकी हुन् । यसरी हुर्कने क्रममा उनले दुई फरक संस्कृतिको अनुभव गर्न पाइन् । उनी अहिले संस्कृति झल्काउने चलचित्र ‘टुस्ये’ र पहिलो नाटक ‘थ्रेड अफ हिलिङ’ बनाउने तरखरमा छिन् । यी कामहरूमा उनले आफू खुसी रहेको तथा रमाइरहेको बताएकी थिइन् ।

    आफूले पश्चिमा दर्शकहरूका लागि समेत चलचित्र बनाएको बताउँदै उनले अर्को वर्ष विज्ञान फिक्सनमा आधारित फिल्म बनाउने सोच रहेको बताएकी छन् । उनले खैरो महिलाको कल्पना गरेकी छन् । विज्ञानले गर्न सक्ने कल्पनाको आधारमा उनले खैरो रङको महिलाको भूमिका खोजेकी हुन् ।

    उनले बलिउडको दुनियाँको सम्झना गरेकी छन् । बलिउड साँच्चै सांस्कृतिक रूपले धनी छ । साथमा भावनात्मक पनि छ । बेलायतको नाटकको शैली र बलिउडको फिल्मको शैलीमा केही फरक छ । उनको कलाकृतिमा दुवै खालको सम्मिश्रण छ ।

    ‘जब तपाईँ कुनै विषयलाई सामान्य बनाउनुहुन्छ, दर्शकका लागि पनि त्यो सामान्य बन्दै जान्छ’, उनले भनेकी छन् ।

    एनएचएसकी मनोचिकित्सकसमेत रहेकी शेरगिलले मानसिक स्वास्थ्यको विषय आफ्नो सबै काममा सधैँ समावेश हुने बताइन् ।

    बीबीसी रेडियो ४ ड्रामाका लागि उनले तयार पारेको नाटक व्यक्तिगत ट्रमा र त्यसबाट मुक्त हुने प्रयासको विषयमा केन्द्रित छ । दक्षिण एसियाली समुदायमा यो विषय अझै पनि निकै चासोको विषय रहेको उनको भनाइ छ ।

    touche shergil
    परविन्दर सेरगिल

    ‘यो निकै कठिन विषयमा कुराकानी हो र मैले यसलाई विशेष रूपमा उठाउने प्रयास गरिरहेकी छु’, उनले थपिन् । उनका अनुसार विभिन्न स्वरूपका मानसिक तथा भावनात्मक आघातका घटनाबारे विशेषगरी समुदायका महिलाहरू खुलेर बोल्न चाहँदैनन्। उनीहरू त्यसका सम्भावित परिणामबाट डराउने गर्छन् ।

    ‘बेन्ड इट लाइक बेकह्याम’ फिल्मकी चर्चित अभिनेत्री परमिन्दर नाग्राले ‘थ्रेड्स अफ हिलिङ’ नाटकमा मुख्य भूमिका निर्वाह गरेकी छन् । शेरगिलले यसलाई आफ्नो जीवनको एउटा विशेष र अविस्मरणीय क्षणका रूपमा व्याख्या गरिन् ।

    ‘उनकी आमाको भूमिका निर्वाह गर्ने मीरा स्याललाई पनि मैले सम्झिएँ । हाम्रो समुदायमा हामी उहाँहरूलाई निकै सम्मान र प्रेरणाका रूपमा हेर्छौँ । आशा छ, उहाँहरूको सहभागिताले मानिसहरूलाई यो विषयमा सुन्न र खुलेर कुराकानी गर्न प्रेरित गर्नेछ’, उनले थपिन् ।

    ‘टुस्ये’ को विषय भने फेन्सिङको विषय हो । यस फिल्ममा बेलायतमा बसोबास गर्ने दक्षिण एसियाली महिलाको विषयलाई प्राथमिकता दिइएको छ । फिल्मको मूल पात्रको नाम दीप हो । यस भूमिकामा उनी आफैं छिन् ।
    फिल्मकी मूल नायिकाले विद्यालय र विश्वविद्यालय तहमा फेन्सिङ खेल्ने गरेकी छन् । साथमा उनले चेस खेल्ने र योग सिकाउने काम पनि गरेकी छन् ।

    उनका लागि यो फिल्म भावनात्मक रूपले बढी महत्त्वपूर्ण छ । यस वर्ष निधन भएका आफ्ना हजुरबुवाको नाममा उनले यो फिल्म समर्पित गरेकी छन् । यस फिल्ममा एक अन्डरडगले स्टार हुन गरेको मेहनत र प्रयासका कथाहरू समेटिएका छन् । सो फिल्मले यस वर्ष ‘टुस्ये’ फिल्मले २८ औं युके एसियन फिल्म फेस्टिभलमा फाइर फिल्म अवार्ड जितेको छ ।

    touche shergil 1

    उनले यो फिल्म फेन्सिङ खेलाडीको लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरेकी छन् ।

    संसारमा खेलकुदमा आधारित धेरै फिल्म बन्ने गरेका छन् । गत वर्ष पनि यसै विषयमा फिल्म नबनेको होइन । ‘मार्टी सुप्रिम’ गत वर्ष बनेको उत्कृष्ट चलचित्र हो । यस चलचित्रमा सन् १९५० को आसपासमा एक टेबलटेनिस खेलाडीको जीवनीमा आधारित छ ।

    यो फिल्म सन् २०२५ अक्टोबर ६ मा न्युयोर्क फिल्म फेस्टिभलमा रिलिज भएको थियो । यस फिल्मको निर्देशन जोस सार्फडीले गरेका हुन् । फिल्म १५० मिनेट लामो छ ।

    जुत्ता बेच्ने एउटा २३ वर्षीय युवाको टेबलटेनिसको विश्व च्याम्पियन हुने चाहनामा सो फिल्म आधारित थियो । टिमोठी चालामेटको मुख्य भूमिका रहेको सो फिल्म पनि धेरै नै चर्चामा रहेको थियो ।

    यसअघि सन् २०२३ मा दौडमा केन्द्रित रहेर ‘ग्रान टुरिस्मो’ र म्याराथनमा पौडीमा आधारित भएर बनेका ‘नायड’ धेरै चर्चामा रहेका थिए । ६४ वर्षको उमेरमा क्युबाबाट अमेरिकाको फ्लोरिडामा पौडेर पुग्न गरेको सङ्घर्ष सो फिल्ममा देखाइएको छ । फिल्ममा एनेट बेनिङ र जोडी फोस्टरको मुख्य भूमिका छ ।

    सन् २०२२ मा प्रदर्शन भएको ‘द स्वीमर’ भने अझ धेरै चर्चामा रहेको र संसारको ध्यान खिचेको फिल्म हो । यस फिल्ममा रेफ्युजी टीमबाट ओलम्पिकमा प्रतिस्पर्धा गरेका दुई सिरियाली महिलाको कथा देखाइएको छ ।

    यसअघि केही फिल्म र डकुमेन्ट्रीले अझ धेरै चर्चा बटुलेका थिए । यसरी चर्चा बटुल्नेमा सन् १९९४ मा बनेको ‘होप ड्रिम्स’ हो । एनबिएको सफल सपनालाई राम्रोसँग देखाइएको छ । एनबिएको कथामा आधारित भएर हस्टल पनि बनेको थियो ।

    सबैभन्दा सुपर स्टारको नाममा बनेको फिल्म ‘बेन्ड इट लाइक बेकह्याम’ हो । सन् २००२ मा रिलिज यो कमेडी ड्रामा गुरिन्धर चाधाको निर्देशनमा बनेको हो । ५६ लाख अमेरिकी डलरको बजेटमा बनेको सो फिल्मले ७ करोड ६० लाख अमेरिकी डलर कमाइ गरेको थियो ।

    फ्रीकिकमा विज्ञ डेभिड बेकह्यामको नाम जोडिएको कारण पनि सो फिल्मले धेरै व्यापार गरेको हो । इतिहासमा यी स्पोर्ट्स फिल्मको माझमा ‘टुस्ये’ को उपस्थिति पनि सायद अविस्मरणीय हुनेछ ।

    -बीबीसी, रोटन टोमाटोलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images