काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय सदस्य रविन कोइरालाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावक बनेर बस्न आग्रह गरेका छन् ।
केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आफ्नो धारणा राख्दै झापा निवासी कोइरालाले ओली नेतृत्वमै रहँदा कार्यकर्तामाझ पार्टीलाई लैजान नसकिने बताए ।
‘तपाईं अभिभावक भएर बस्नुपर्छ,’ कोइरालाले भने, ‘अब तपाईंलाई लिएर जनतामाझ जान सकिन्नँ ।’
कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गरेर जिम्मेवारीमा फर्काउनसमेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























