images
images
  • म सद्दे मान्छे हो : ओली

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पद फेसबुकले होइन, पार्टीको केन्द्रीय कमिटीले निर्धारण गर्ने बताएका छन् ।

    केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने, “अध्यक्षले हट्नुपर्छ भन्ने कुरा फेसबुकले होइन, यही पंक्तिले (केन्द्रीय कमिटी) भन्ने हो ।”

    ओलीले बाहिर गएर “अखबारबाजी” गर्ने चलनप्रति पनि आपत्ति जनाउँदै भने, “कतिपय साथीले मलाई बोक्नुपर्ने जस्तो कुरा गर्छन्, म आफैं हिँड्न सक्छु, किन बोक्ने ?”

    उनले पार्टी र पदबाट हट्ने पनि प्रक्रिया हुने उल्लेख गर्दै भने, “अझै सप्रेन भन्ने गर्छन्, बिग्रिएको भए सप्रिनु पर्छ नि ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images