images
images
  • ७ सह–सचिवको रातारात सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं– मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल सरकारको प्रशासन सेवामा कार्यरत सातजना सहसचिवहरूको सरुवा गरिएको छ ।

    असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार उनीहरूलाई विभिन्न मन्त्रालय र निकायमा पदस्थापन गरिएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवा हुने सहसचिवहरूमा हरिसिंह तामाङ, प्रभुप्रसाद मरासिनी, गजेन्द्र कुमार ठाकुर, जीवलाल भुसाल, छविन्द्र पराजुली, छविलाल रिजाल र तिलकराज अधराई रहेका छन् ।

    मन्त्रालयका अनुसार तामाङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा, मरासिनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, ठाकुरलाई अर्थ मन्त्रालयमा र भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

    त्यसैगरी, पराजुलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) र अधराईलाई पनि सोही मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा गरिएको छ ।

    यी सबै अधिकारीहरू राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तहका कर्मचारी हुन् ।

    प्रतिक्रिया दिनुहोस्

    images