images
images
  • यी हुन् कार्की सरकारले सरुवा गरेका उच्च पदस्थ ६ सरकारी कर्मचारी (नामावलीसहित)

    काठमाडौं– जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

    कार्कीले संसद् विघटन गरी फागुन २१ गते निर्वाचनको सिफारिस गरिकी छन् ।

    नवगठित सरकारले हालसम्म चार सचिव र दुई सहसचिवसहित ६ उच्च अधिकारीको सरुवा गरेको छ ।

    असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पाँच र गृहमन्त्रीस्तरीय निर्णयबाट एक जनाको सरुवा गरिएको हो ।

    गृहसचिव गोकर्णमणि दुवाडीलाई योजना आयोगमा, योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा, रक्षा सचिव रामेश्वर दंगाललाई गृहमन्त्रालयमा, राजश्व सचिव दिनेश घिमिरेलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।

    त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयमा काठमाडौँका सीडीओ छवि रिजाललाई मन्त्रालयमा तान्दै सहसचिव ईश्वरराज पौडेललाई नयाँ सीडीओ बनाइएको छ ।

    दुवाडी र रिजालमाथि आन्दोलन दमनका क्रममा गोली चलाउन आदेश दिएको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images