काठमाडौं– सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ती सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार, रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयको सचिव बनाइएको छ ।
त्यहाँ कार्यरत गोकर्णमणी दुवाडीलाई भने राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरिएको छ ।
दुवाडीलाई तत्कालीन गृहमन्त्री रमेश लेखकले राष्ट्रिय तथ्यांक कार्यालयबाट ल्याएर गृह मन्त्रालयको सचिव बनाएका थिए ।
उनी करिब दुई महिनापछि, आगामी मंसिर १० गते पाँच वर्षे सचिवीय कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाने तयारीमा छन् ।
यस्तै, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्




















