काठमाडौं– गृह मन्त्रालयले सात उपसचिवको रातारात सरुवा गरेको छ ।
अघिल्लो साता गरिएको सरुवा अझै मन्त्रालयको आधिकारिक वेबसाइटमा प्रकाशित छैन ।
सूची अनुसार, तीन जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारी पदमा पदस्थापन गरिएको छ भने अन्यलाई विभिन्न विभाग र मन्त्रालयमा सरुवा गरिएको छ ।
सरुवा विवरण :
-
पर्सा कारागार प्रशासक: बाबुलाल रेग्मी
-
मकवानपुर सहायक प्रमुख जिल्ला अधिकारी: खिमराज भुसाल
-
सिमरा बाराका प्रमुख: राजेन्द्र प्रसाद कँडेल
-
रामेछाप सहायक प्रमुख जिल्ला अधिकारी: तेजराज शर्मा
-
पर्वत सहायक प्रमुख जिल्ला अधिकारी: गंगाबहादुर क्षेत्री
-
कारागार व्यवस्थापन विभाग निर्देशक: चोमेन्द्र न्यौपाने
-
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग निर्देशक: कल्पना घिमिरे
मन्त्रालयले शाखा अधिकृत र नायब सुब्बालाई २४ घण्टे हाजिरी चेतावनी पत्र वेबसाइटमा राखे पनि उपसचिव सरुवा सूची अझै प्रकाशित गरेको छैन ।




















