images
images
  • माओवादी–एकीकृत समाजवादीले भनेको नमानेपछि जुरुक्क उठेर टाप कसिन मन्त्री न्यौपाने

    काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने आफ्नो प्रस्ताव पारित नहुने देखेपछि राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक छोडेर बाहिरिएकी छन् ।

    सिंहदरबारस्थित संसद् सचिवालयमा भएको बैठकमा निजामती सेवाको अवकाश उमेरबारे सहमति नजुटेपछि उनले बैठक त्यागेकी हुन् ।

    मन्त्री न्यौपानेले मुख्यसचिवको अवकाश उमेर ५९ वर्षमै लागू गर्ने प्रस्ताव राखेकी थिइन् ।

    उनको प्रस्तावलाई एमाले र कांग्रेसले समर्थन गरे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार गरे ।

    प्रतिनिधिसभाले भने ५८ वर्षदेखि सुरु गरी क्रमशः ५९ र ६० वर्षमा अवकाश उमेर लागू गर्ने प्रावधान पारित गरिसकेको छ ।

    सोही निर्णय उल्ट्याउन नहुनेमा माओवादी र समाजवादी सांसद अडानमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images