images
images
  • २३ वटा इलाका प्रशासन कार्यालय थप्दै सरकार

    काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको संगठन र व्यवस्थापन सुधारका लागि २३ नयाँ इलाका प्रशासन कार्यालय थप्ने प्रस्ताव प्रशासन समितिमा पठाएको छ ।

    गृह मन्त्रालयका अनुसार, यो कदम सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयसम्म लामो दूरी तय गर्न नपरोस् भनी सेवा प्रवाह सरल र सहज बनाउन उठाइएको हो ।

    गृहमन्त्री रमेश लेखकले आन्तरिक स्रोतको उपयोग गरी तराईदेखि उच्च हिमाली भेगसम्म कार्यालय थप्नेमा जोड दिएका छन् ।

    मन्त्रालयले गत पुसमा सचिवस्तरको निर्णयअनुसार संगठन सुधार र नयाँ कार्यालय स्थापनाका लागि सर्वेक्षण प्रतिवेदन तयार गर्न कार्यदल पनि गठन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images