images
images
  • कुलिङ पिरियड हटाउने पक्षमा एमाले, यथावत् राख्न कांग्रेस–माओवादी एकमत

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड कायम गर्न मतदानका लागि तयार रहेको बताएको छ ।

    राष्ट्रिय सभाको विधेयन समितिमा माओवादी सांसद सुरेश आले मगरले विधेयकमा भोटिङ अझै भएको छैन भन्दै कुलिङ पिरियड राखेर अघि बढाउनुपर्ने बताए ।

    राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दल हो ।

    तर, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ ।

    एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन पेश गरेका छन् ।

    सरकारले विधेयकमार्फत विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई अवकाशपछि संवैधानिक र कुटनीतिक बाहेक अन्य नियुक्तिमा २ वर्षको अवधि (कुलिङ पिरियड) लागू गर्न खोजेको हो ।

    प्रतिनिधिसभाले पारित गरेको विधेयकमा अवकाश वा राजीनामा दिएका कर्मचारीले २ वर्षसम्म नियुक्ति पाउन नपाउने व्यवस्था थियो ।

    राष्ट्रिय सभामा नेपाली कांग्रेस र माओवादी केन्द्र कुलिङ पिरियड पक्षमा छन् भने एमाले विरोधमा छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विधेयक छिटो टुङ्गोमा पु¥याउन उपसमिति गठन गर्न सुझाव दिइसकेकी छिन् ।

    समितिले बुधबारदेखि विधेयकमाथि छलफल सुरु गरेको छ ।

    पहिलो दिन सैद्धान्तिक र संशोधनकर्ता छलफल सकिएको छ ।

    एमालेलाई कुलिङ पिरियडको प्रस्ताव स्वार्थ द्वन्द्व कानुनमा राख्न सुझाव भए पनि अन्य दलले आपत्ति जनाएका थिए ।

    प्रतिनिधिसभाको त्रुटिपूर्ण विधेयक राष्ट्रिय सभाबाट भदौ १७ सम्म पारित गर्ने तयारी छ ।

    तर, कुलिङ पिरियडमा दलहरूबीच सहमति जुटाउन चुनौती रहेको छ ।

    छानबिन समितिले हेरफेरमा नैतिक जिम्मेवार पत्ता लगाएर सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images