images
images
  • कुलिङ पिरियडमा गडबडी गर्ने कांग्रेस सांसद रामहरि खतिवडा पदबाट राजीनामा दिने तयारीमा

    काठमाडौं– राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियड सम्बन्धी गडबडीको छानबिनमा जिम्मेवार ठहरिएपछि राजीनामा दिने तयारी गरेका छन् ।

    उनले प्रतिनिधिसभाको बैठकमा बोल्न सभामुखसँग समय मागेका छन् ।

    छानबिन समितिले खतिवडा र सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहराउँदै सभापतिको समन्वयकारी भूमिका कमजोर भएको र गम्भीर त्रुटि देखिएको उल्लेख गरेको छ ।

    समितिको प्रतिवेदनले सचिव दुराको पनि जिम्मेवारी पूरा नभएको जनाएको छ ।

    त्यस्तै, कर्मचारी र पदाधिकारीहरूले कुलिङ अफ पिरियड विषय हटाउन लबिङ गरेकाले आचरण राम्रो नभएको र सार्वजनिक रूपमा विपक्षमा देखिनु पनि उचित नभएको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images