काठमाडौं– कुलिङ अफ पिरियडसम्बन्धी छेडखानी प्रकरण छानबिन गर्न गठित संसदीय विशेष समितिकी सदस्य एवं राप्रपाकी सांसद रोशन कार्कीले प्रतिवेदन तयार पार्ने क्रममा सत्तारुढ दलको दबाब र ब्ल्याकमेलिङ गरेको आरोप लगाएकी छन् ।
संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले ठूला दलहरूको सत्ताको दम्भ र बहुमतका अगाडि आफूहरू विवश बनेको बताउँदै आफूहरूले चाहेजस्तो निष्कर्ष निकाल्न नसकेको स्वीकार गरिन् ।
उनले एमालेले मुख्यसचिवलाई र काँग्रेसले रामहरि खतिवडालाई जोगाउने प्रपञ्च गरेको आरोप पनि लगाइन् ।
‘हामी तीन जना विपक्षी सांसद अन्तिमसम्म लड्यौँ । तर ठूला दलहरू नैतिकताविहीन देखिए,’ कार्कीले भनिन्, ‘५ घण्टा सत्तापक्षका सांसदहरू हराए, संसदीय दलमा गएर ब्ल्याकमेलिङ गरियो ।’
प्रतिक्रिया दिनुहोस्




















