images
images
  • ओली सरकारलाई सामान्य कर्मचारीले पनि टेर्दैनन्, महिनौँसम्म गएनन् सरुवा भएको ठाउँमा

    काठमाडौं– गृह मन्त्रालयले एक महिनासम्म तोकिएको कार्यालयमा हाजिर नगएका कर्मचारीलाई २४ घण्टे हाजिर उर्दी जारी गरेको छ ।

    मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै १८ जना शाखा अधिकृत र ५ जना नायब सुब्बालाई २४ घण्टाभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएको हो ।

    मन्त्रालयले आफ्नो वेब पोर्टलमार्फत आज सूची सार्वजनिक गरेको छ ।

    मन्त्रालयको विभिन्न निर्णयअनुसार खटाइएका ती कर्मचारीहरू तोकिएको कार्यालयमा अहिलेसम्म हाजिर भएका छैनन् ।

    असार १६ गतेको निर्णयबाट सरुवा गरिएका १ जना, असार १८ गतेका ७ जना, साउन ७ गतेका १० जना शाखा अधिकृत तथा साउन १८ गतेको निर्णयबाट सरुवा गरिएका ५ जना नायब सुब्बा तोकिएको कार्यालयमा हाजिर भएका छैनन् ।

    निर्धारित म्यादभित्र हाजिर नभएमा नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ ।

    525618765 1706392960402335 3695993293966656370 n 1iwaFoE79X

    प्रतिक्रिया दिनुहोस्
    images
    images