images
images
  • प्रधानमन्त्री ओलीको गुणगानले मेयर पदमा हारेकी भगवतीको भाग सामान्य प्रशासन मन्त्रालय

    काठमाडौं– राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।

    ‘घुस डिल’ प्रकरणमा राजेन्द्रकुमार गुप्ताले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री बनाएका हुन् ।

    गुप्ताको राजीनामापछि रिक्त पदमा नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्य न्यौपानेलाई पठाएको हो ।

    तनहुँको भानु नगरपालिकामा २०७४ सालको स्थानीय चुनावमा मेयर पदमा पराजित भएकी उनी २०७६ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

    न्यौपानेले राष्ट्रिय सभाको निर्वाचनमा ३,३६६ मतभार प्राप्त गरेकी थिइन् भने प्रतिस्पर्धी कांग्रेसकी विमला गौचनले २,३४० मतभार ल्याएकी थिइन् ।

    उनी एमाले र माओवादी एक भएका बेला गण्डकीबाट नारायणकाजी श्रेष्ठसँगै निर्वाचित भएकी थिइन् ।

    राष्ट्रिय सभाको कार्यकाल सकिन ७ महिना बाँकी रहँदा मन्त्री बन्ने अवसर पाएकी न्यौपाने राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकसमेत हुन् ।

    अनेरास्ववियुबाट राजनीति सुरु गरेकी उनी अनेमसंघ, जिल्ला समिति हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म पुगेकी छन् ।

    पछिल्लो समय उनले राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कर्तुत ढाकछोप गर्दै आएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images