काठमाडौं : एनएमबि बैंक र काङ हाइड्रोपावर कम्पनी बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ।
एनएमबि बैंक लिको तर्फबाट प्रमुख दिनेश दुलाल, सस्टेनेबल इनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरे । हस्ताक्षर पश्चात एनएमबि बैंक लि. का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक सुब्बाले ऋण सम्झौता पत्र आदानप्रदान गरे।
कार्यक्रममा एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सीमाभित्र सक्न र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखी यसको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे। सुब्बाले आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता समेत जाहेर गरी कार्यक्रमको समापन गरे।
एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जनाएको छ ।























