images
images
  • २० जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौ– गृह मन्त्रालयले देशका विभिन्न २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ ।

    गृहमन्त्री रमेश लेखकको स्तरबाट भएको निर्णयअनुसार सहसचिव र उपसचिव तहका गरी २० जनाको सरुवा गरिएको हो ।

    नयाँ सरुवामा परेका मध्ये १५ जना सहसचिव र ५ जना उपसचिव छन् ।

    मन्त्रालयले सहसचिव रामुराज कडरियालाई गोरखा, सुरेश पन्थीलाई भोजपुर, जनार्दन गौतमलाई डडेलधुरा र सुनिता नेपाललाई इलाम पठाएको छ ।

    त्यसैगरी, नेत्रप्रसाद सुवेदी सल्यान, केदारनाथ शर्मा जुम्ला, वासुदेव दाहाल रोल्पा, पुण्यविक्रम पौडेल बैतडी र दिनेश सागर भुसाल सिन्धुलीको प्रजिअका रूपमा सरुवा भएका छन् ।

    उपसचिव बुद्धबहादुर गुरुङलाई डोटी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी दिइएको छ ।

    सरुवा गरिएको सूचीमा बाँकी १० जनाको विवरण पनि मन्त्रालयले चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

    506958901_1642495346460331_8678143591088072027_n507977799_1024247626554049_1288630125550839401_n

    प्रतिक्रिया दिनुहोस्

    images