images
images
  • वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद् सदस्यमा सिफारिस

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका छन् ।

    नेपालको संविधानको धारा १५३ अनुसार एक जना न्याय परिषद् सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

    यसअघि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेबाट सकिने भएकाले नियमनासुर संसदीय सुनुवाइ प्रक्रियाका लागि आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद सचिवालयमा पठाउने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images