images
images
  • आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैङ्कले माग्यो सुझाव

    काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।बैङ्कले सोमबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो ।

    राष्ट्र बैङ्कले असार १० भित्र मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव बैङ्कको आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन आग्रह गरेको छ । राष्ट्र बैङ्कले बजेट पछि हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्ने गरेको छ ।

    आगामी आर्थिक वर्षको लागि पनि मौद्रिक नीति बनाउन सुझाव माग गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images