images
images
  • नेपाल राष्ट्र बैंकको नयाँ प्रवक्तामा किरण पण्डित नियुक्त

    काठमाडौं – नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक किरण पण्डितलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

    जेठ २१ गतेदेखि लागू हुने गरी बैंकको प्रवक्ता पदमा पण्डितलाई नियुक्त गरिएको गभर्नरको कार्यालय, नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

    पण्डित २०६२ सालदेखि राष्ट्र बैंकको सेवामा छन् । यस अवधिमा उनले बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, सुपरिवेक्षण विभाग लगायतका विभिन्न जिम्मेवारी सम्हालेका छन् ।

    हाल उनी बैंकको भुक्तानी प्रणाली विभागमा कार्यरत छन् । राष्ट्र बैंकका अनुसार प्रवक्ता नियुक्तिसँगै पण्डितसँग सम्पर्क गर्न चाहने सञ्चारकर्मी वा सरोकारवाला व्यक्तिहरूले ९८५१२२३३२२ मा सम्पर्क गर्न सक्नेछन् ।

    गभर्नरको कार्यालयबाट जारी गरिएको एक सूचना अनुसार पण्डितको नियुक्ति राष्ट्र बैंक र आम नागरिकबीच सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको ।

    rastra bank niyaukti

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images