काठमाडौं – नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा, टंगालमा कार्यरत श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी पठाइएको हो।
रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि सो पद खाली भएको थियो। श्रेष्ठलाई सोही रिक्त पदमा सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्




















