images
images
  • वार्षिकोत्सवका अवसरमा महालक्ष्मी बैंकले गर्‍यो ३१ महिलालाई सम्मान

    काठमाडौं : महालक्ष्मी विकास बैंकले ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा महिला उद्यमीलाई देशैभरका विभिन्न शाखा कार्यालयमार्फत सम्मान गरेको छ।

    वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा ल्याउने उद्देश्यसहित महिलालाई सम्मान गरेको बैंकले जनाएको छ। यसबाट उद्यमशीलता प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

    वार्षिकोत्सवको अवसरमा बैंकले जेठ ६ गते देश भरका १० वटा शाखा र केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। यसबाट ३२० पिन्ट रगत संकलन गरिएको थियो ।

    साथै बैंकले जेष्ठ ७ गते केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमार्फत कर्मचारीलाई स्थानीय वेशभूषासहितको प्रदर्शन गरेको छ।

    यसका साथै बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी समेत सम्पन्न गरिएको छ । प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवा-मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्ड प्रयोग गरिएको थियो ।

    वार्षिक उत्सवको महत्त्वपूर्ण कार्यक्रमको रुपमा रहेको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङ्खला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, श्रृङ्खला ४) २४ टिमको सहभागितामा बैैंकले जेठ २१, २२, २३ र २४ गते सञ्चालन गर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images