काठमाडौं : प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका- २ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्साेटबीच व्यावसायिक साझेदारी सम्झौता भएको छ।
इला कम्फर्ट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिसोर्टबीच भएको यो साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहक पनि लाभान्वित हुने विश्वास दुवै पक्षको छ।


विश्व खबर 




















