पोखरा – प्रभु बैंक लिमिटेड र बागलुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट दिने साझेदारी सम्झौता सम्पन्न भएको छ।
यही जेष्ठ १२ गते आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (NBVO) राजु राना र होटलका महाप्रबन्धक बुद्धि प्रसाद तिवारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिटरक्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा उपलब्ध विभिन्न सेवामा छुट पाउनेछन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
पर्यटकीय सम्भावनाले भरिपूर्ण बागलुङ जिल्लामा अवस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टले आरामदायी, परिवारमैत्री वातावरण र स्तरीय सेवा प्रदान गर्दै आएको छ। बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम सङ्ग्रहालयलगायतका प्रमुख गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति रहँदै आएको छ।
यो साझेदारीले एकातर्फ बागलुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ भने अर्कातर्फ प्रभु बैंकका ग्राहकहरूलाई विशेष सुविधाको अनुभव गराउने विश्वास लिइएको छ।






















