images
images
  • ५० प्रतिशत बढीले घट्यो लक्ष्मी सनराइजको वितरणयोग्य आम्दानी

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष ०८३/८४ को पहिलो त्रैमासिक अवधिमा वितरणयोग्य प्रतिशेयर आम्दानीमा ठूलो गिरावट आएको छ । गत आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा १०.७८ रुपैयाँ रहेको बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ५०.५६ प्रतिशतले घटेर चालु आर्थिक वर्षको सोही अवधिमा ५.३३ रुपैयाँमा सीमित भएको हो ।

    वितरणयोग्य प्रतिशेयर आम्दानीसँगै बैंकको कुल वितरणयोग्य नाफा तथा प्रतिधारित कमाईमा पनि व्यापक गिरावट रेकर्ड भएको छ । गत आवको पहिलो त्रैमासमा २.६२ अरब रुपैयाँ रहेको वितरणयोग्य नाफा चालु आवको सोही अवधिमा ४५.६१ प्रतिशतले घटेर १.४२ अरब रुपैयाँमा झरेको छ ।

    यस्तै, बैंकको प्रतिशेयर खुद सम्पत्ति पनि ३.४७ प्रतिशतले घटेर १७८ रुपैयाँ कायम भएको छ, जुन गत वर्ष १८४.३९ रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा/मूल्य अनुपात ५१.०७ रहेको छ ।

    बैंकको कर्जाको गुणस्तरमा आएको ह्रास र शुद्ध ब्याज मार्जिनमा देखिएको सङ्कुचनले वित्तीय स्थितिमा थप दबाब सिर्जना गरेको छ । विवरण अनुसार बैंकको कुल निष्क्रिय कर्जा २.९५ प्रतिशतले बढेर ५.५८ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ५.४२ प्रतिशत रहेको थियो ।

    त्यसैगरी, बैंकको ब्याज दर अन्तर अर्थात् इन्टरेस्ट स्प्रेड १३.९३ प्रतिशतले घटेर ३.१५ प्रतिशतमा सीमित भएको छ, जुन गत वर्ष ३.६६ प्रतिशत रहेको थियो । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट ४.५४ प्रतिशतले घटेर ८.२७ अरब रुपैयाँ (गत वर्ष ८.६६ अरब रुपैयाँ) मा झरेको छ भने जोखिम भारित सम्पत्ति ४.२४ प्रतिशतले घटेर ११.९६ (गत वर्ष १२.४९) कायम भएको छ ।

    सञ्चालन नाफा, खुद नाफा र व्यापार विस्तारमा सुधार

    वितरणयोग्य नाफा र निष्क्रिय कर्जामा दबाब देखिए तापनि बैंकको खुद नाफा तथा सञ्चालन नाफामा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा ९६.६१ प्रतिशतले बढेर ६५.३३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्ष ३३.२३ करोड रुपैयाँ मात्र रहेको थियो । यस्तै, बैंकको सञ्चालन नाफा ११२.९७ प्रतिशतले बढेर ९३.३१ करोड रुपैयाँ पुगेको छ (गत वर्ष ४३.८१ करोड रुपैयाँ)।

    खुद वितरणयोग्य नाफामा पनि राम्रो सुधार देखिएको छ । गत आवको सोही अवधिमा ३८.१५ करोड रुपैयाँ ऋणात्मक रहेको खुद वितरणयोग्य नाफा १०२.२४ प्रतिशतले सुधार भई चालु आवको पहिलो त्रैमासमा ८५.३६ लाख रुपैयाँ धनात्मक पुगेको छ । नाफामा आएको वृद्धिसँगै बैंकको सूचीकृत/वार्षिकीकृत प्रतिशेयर आम्दानी ७८.७५ प्रतिशतले बढेर ९.७६ रुपैयाँ पुगेको छ, जुन गत वर्ष ५.४६ रुपैयाँ थियो ।

    यसैगरी, शेयरधनीको इक्विटीमा प्रतिफल ८७.०७ प्रतिशतले बढेर ५.५ प्रतिशत (गत वर्ष २.९४ प्रतिशत) र सम्पत्तिमा प्रतिफल ६६.६७ प्रतिशतले बढेर ०.५ प्रतिशत (गत वर्ष ०.३ प्रतिशत) पुगेको छ ।

    निक्षेप, कर्जा र तरलता स्थिति सुदृढ

    लक्ष्मी सनराइज बैंकले निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवै क्षेत्रमा सन्तुलित वृद्धि हासिल गरेको छ । बैंकको कुल निक्षेप १७.२१ प्रतिशतले बढेर ४.३९ खरब रुपैयाँ (गत वर्ष ३.७५ खरब रुपैयाँ) र कर्जा प्रवाह १३.७१ प्रतिशतले बढेर ३.२१ खरब रुपैयाँ (गत वर्ष २.८२ खरब रुपैयाँ) पुगेको छ ।

    खुद ब्याज आम्दानी १.७१ प्रतिशतले बढेर २.७६ अरब रुपैयाँ (गत वर्ष २.७१ अरब रुपैयाँ) र खुद शुल्क तथा कमिसन आम्दानी ४.५३ प्रतिशतले बढेर ६४.४७ करोड रुपैयाँ (गत वर्ष ६१.६८ करोड रुपैयाँ) पुगेको छ ।

    यसैगरी, बैंकको नगद मौज्दात ३४.८१ प्रतिशतको उच्च वृद्धिसँगै १०.०७ अरब रुपैयाँ पुगेको छ, जुन गत वर्ष ७.४७ अरब रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १० प्रतिशतले बढेर २६.७८ अरब रुपैयाँ (गत वर्ष २४.३४ अरब रुपैयाँ), जगेडा कोष ७.८५ प्रतिशतले बढेर १९.४६ अरब रुपैयाँ (गत वर्ष १८.०४ अरब रुपैयाँ), र कुल जगेडा तथा सरप्लस १.०६ प्रतिशतले बढेर २०.८८ अरब रुपैयाँ (गत वर्ष २०.६६ अरब रुपैयाँ) पुगेको छ ।

    सम्पत्ति तथा इक्विटी विस्तारतर्फ, बैंकको कुल इक्विटी ५.९० प्रतिशतले बढेर ४७.६६ अरब रुपैयाँ (गत वर्ष ४५.०१ अरब रुपैयाँ), कुल सम्पत्ति १९.१६ प्रतिशतले बढेर ५.३८ खरब रुपैयाँ (गत वर्ष ४.५१ खरब रुपैयाँ), र कुल दायित्व २०.६३ प्रतिशतले बढेर ४.९० खरब रुपैयाँ (गत वर्ष ४.०६ खरब रुपैयाँ) पुगेको छ ।

    साथै, बैंकको कर्जा-निक्षेप अनुपात ३.६५ प्रतिशतले घटेर ७४.२८ प्रतिशतमा सीमित भएको छ (गत वर्ष ७७.०९ प्रतिशत), जसले बैंकसँग पर्याप्त तरलता रहेको स्पष्ट पार्छ । साथै, आधार दर १६.९८ प्रतिशतले घटेर ४.८९ प्रतिशत (गत वर्ष ५.८९ प्रतिशत) र कोषको लागत २०.९९ प्रतिशतले घटेर ३.२ प्रतिशत (गत वर्ष ४.०५ प्रतिशत) मा झरेको छ, जसले बैंकको नयाँ कर्जा प्रवाहमा प्रतिस्पर्धी क्षमता सुदृढ बनाएको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images