images
images
  • संघीय निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना

    काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कर्मचारीले असन्तुष्टि जनाएका छन् ।

    उनीहरूले प्रतितिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

    कर्मचारीले अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् । सेवाअवधि भएको कर्मचारीलाई एकतह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ बर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनोटको अवसर दिनुपर्ने लगाएतका माग राखेका राख्दै धर्नामा दिएका हुन् ।

    नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उतम कटुवालका अनुसार स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग रहेको छ ।

    विधेयकमा भएको अहिलेको व्यवस्थाले कर्मचारीको मनोबल घटाउने भन्दै उनले आफूहरुको माग सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images