images
images
  • सुनको मूल्य १४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँमा कायम भएको थियो। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यका कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images