काठमाडौं – न्याय सेवा आयोगले सात जना सहसचिव र १३ जना उपसचिवको सरुवा गरेको छ।
आयोगको शुक्रबारको निर्णय अनुसार कानुन समूहअन्तर्गतका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा गरिएको हो। सरुवा भएका सहसचिवहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय तथा प्रदेश सरकारका सचिवस्तरका छन्।
त्यसैगरी, न्याय समूह, कानुन समूह र सरकारी वकिल समूहअन्तर्गतका राजपत्राङ्कित द्वितीय श्रेणीका १३ जना उपसचिवहरूको समेत सरुवा गरिएको छ। आयोगको निर्णयअनुसार सर्वोच्च अदालत, जिल्ला अदालत तथा विभिन्न मन्त्रालयहरूमा उनीहरूको पदस्थापन गरिएको हो।




प्रतिक्रिया दिनुहोस्




















