images
images
  • तोलामा तीन हजार पाँच सयले घट्यो सुनको मूल्य, पतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु. तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु. ३५ ले गिरावट भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९२५ मा बेचबिखन भइरहेको छ ।

    बुधबार प्रतितोला सुन रु. एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images