images
images
  • महालेखाको प्रतिवेदनमा ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाको बेरुजु सबैभन्दा कम

    ताप्लेजुङ – ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजङ्गा गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ।

    महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार सिरिजङ्गाको बेरुजु १.०८ प्रतिशत देखिएको छ। पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु १.२० प्रतिशत देखिँदा फुङलिङ नगरपालिकाको २.२० प्रतिशत देखिएको छ। आठराई त्रिबेणी गाउँपालिकाको बेरुजु २.५८ प्रतिशत, सिदिङ्गा गाउँपालिकाको बेरुजु २.७९ प्रतिशत देखिएको छ।

    यस्तै मेरिङदेन गाउँपालिकाको बेरुजु ४.९५ प्रतिशत, फक्ताङलुङ गाउँपालिकाको बेरुजु ५.४३ प्रतिशत, मिक्वाखोलाको बेरुजु ५.७० प्रतिशत र मैवाखोलाको बेरुजु ८.४४ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    मलेपको ६१ औं वार्षिक लेखा परीक्षण प्रतिवेदनमा पाथीभरा याङवरक गाउँपालिकाको बेरुजु शून्य थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images