images
images
  • नेसनल लाइफ इन्स्योरेन्सद्वारा सेयरधनीलाई लाभांश घोषणा

    काठमाडौं  – नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    जसअनुसार १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ ।

    यो १० प्रतिशत नगद लाभांशमा ०।७८९ प्रतिशत कर प्रयोजनका लागि कटौती हुने कम्पनीले जनाएको छ ।

    हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२० रुपैयाँ हाराहारीमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images