images
images
  • फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८५ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images