images
images
  • नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड रेमिट्यान्स

    काठमाडौं : रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ ।

    समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सआप्रवाह १७.२ प्रतिशतले वृद्धि भएको थियो।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई आठ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष सोही प्रकृतिको आप्रवाह १५.२ प्रतिशतले वृद्धि भएको थियो ।

    समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब एक अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७४ अर्ब ५४ करोड थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६५२ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images