images
images
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा रु. ३०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु. १०ले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९० हजार ५०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।

    शुक्रबार प्रतितोला सुन रु. एक लाख ९० हजार ८०० र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images