images
images
  • तोलामा छ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु. ६०० ले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९५५ मा बेचबिखन भइरहेको छ ।

    बुधबार प्रतितोला सुन रु. एक लाख ९१ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९६५ मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images